जापानमा ६.७ म्याग्निच्युडको भूकम्प गयो,
मङ्सिर- २६
एजेन्सी
काठमाडौं । जापानमा ६.७ म्याग्निच्युडको भूकम्प आएको छ । भूकम्पपछि उत्तरी तटमा सुनामीको चेतावनी दिइएको त्यहाँको भुकम्प मापन केन्द्रले जनाएको छ ।
जापानका मौसमविद्हरूले भूकम्पका कारण समुद्र सतहमा उतारचढाव आइरहेको बताएका छन् । यद्यपि, अहिलेसम्म कुनै क्षति नभएको बताइएको छ ।

