नेपाली समय:

वि.सं २०८२ पौष ८   मंगलवार

EnglishEN
इन्डोनेसियामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु,

इन्डोनेसियामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु,

पुष-७

 

एजेन्सी-

सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको बस दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। । राजधानी जकार्ताबाट योग्यकार्तातर्फ गइरहेको एक कोच बस राजमार्गको इन्टरचेन्ज नजिकै अवरोधमा ठोक्किएर पल्टिँदा यो दुर्घटना भएको हो ।

 

स्थानीय खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोका अनुसार उक्त बस निकै उच्च गतिमा यात्रारत अवस्थामा मोडमा पुगेको थियो । मोड पार गर्ने क्रममा बस सडकको अवरोधसँग ठोक्किएपछि अनियन्त्रित भई पल्टिएको उनले विज्ञप्तिमार्फत बताएका छन ।

१५ घण्टा पहिले
हाम्रो आवाज