नेपाली समय:

वि.सं २०८२ पौष ९   बुधवार

EnglishEN
जेनजी आन्दोलनका क्रममा फरार कैदीबन्दीमध्ये ११ जना पक्राउ,

जेनजी आन्दोलनका क्रममा फरार कैदीबन्दीमध्ये ११ जना पक्राउ,

पुष-८

 

काठमाडौँ -गत २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न बाल सुधार गृह तथा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये सिरहा प्रहरीले हालसम्म दुई नाबालकसहित ११ जनालाई पक्राउ गरेको छ ।

 

प्रहरीका अनुसार जलेश्वर, नख्खु, जगन्नाथ देवल, सप्तरी, सिन्धुली, केन्द्रीय कारागार तथा बाल सुधार गृह वीरगञ्जबाट फरार भएका कैदीबन्दी पक्राउ परेका हुन् ।

 

पक्राउ परेकामध्ये नौ जनालाई सम्बन्धित कारागार तथा सुधार गृहमा बुझाइसकिएको छ भने बाँकी दुई जनालाई बुझाउने प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।

१ दिन पहिले
हाम्रो आवाज