नेपाली समय:

वि.सं २०८२ पौष २८   सोमवार

EnglishEN
न्याय परिषद द्वारा २० जना जिल्ला अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस,

न्याय परिषद द्वारा २० जना जिल्ला अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस,


पुष -२५

काठमाडौँ - न्याय परिषद्ले २० जनालाई जिल्ला अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्को आज बसेको बैठकले न्याय सेवा आयोगको परीक्षामा उत्तीर्ण २० जनालाई जिल्ला अदालतमा नियुक्त गर्न सिफारिस गरेको हो । 

जसअनुसार अधिवक्ता शिशिरकुमार यादव, सर्वोच्च अदालतका उपरजिष्ट्रारहरु शिवप्रसाद आचार्य, ठाकुरप्रसाद बस्ताकोटी वासुदेव पाण्डे, कर्णबहादुर राई र हिरामाया अवाल, जाजरकोट जिल्ला अदालतका श्रेस्तेदार ताराप्रसाद डाँगी, न्याय परिषद् सचिवालयका उपसचिवहरु हिरालाल भुसाल, खेमकुमारी बस्नेत र सुमन पाण्डे, कोशी प्रदेशसभा सचिवालयका उपसचिव डिल्लीप्रसाद आचार्य, विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता गोपालबहादुर भट्टराई जिल्ला न्यायाधीशमा सिफारिस भएका छन् । 

यसका साथै रुपन्देही अदालतका श्रेस्तेदार विकास बस्नेत, काभ्रेपलाञ्चोक अदालतका श्रेस्तेदार इन्दिरा कार्की, महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता बाबुराम भट्टराई, उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता टेकराज भुसाल, सर्वोच्चका इजलास अधिकृत गोकुल पन्त, उच्च अदालत विराटनगर धनकुटा इजलासका रजिष्ट्रार विरेन्द्रप्रकाश खड्का, जुम्ला इजलासका रजिष्ट्रार महेन्द्रप्रसाद पौड्याल र ऋण असुली पुनरावेदन न्यायाधीकरणका श्रेस्तेदार ललित सापकोटा सिफारिस भएका छन् ।

९ Jan २०२६ , ३:१०pm
हाम्रो आवाज