नेपाली समय:

वि.सं २०८२ पौष २८   सोमवार

EnglishEN
गाजामा इजरायली आक्रमण-पाँच बालबालिका सहित कम्तिमा १३ जनाको मृत्यु,

गाजामा इजरायली आक्रमण-पाँच बालबालिका सहित कम्तिमा १३ जनाको मृत्यु,

पुष -२५

एजेन्सी- युद्धविराम भएपनि गाजामा इजरायली आक्रमण निरन्तर जारी रहेकोरहेको  छ। इजरायली आक्रमणमा पाँच बालबालिका सहित कम्तिमा १३ जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले बताएको छ।

एजेन्सीका प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले दक्षिणी गाजामा विस्थापित मानिसहरूको शिविरमा ड्रोन प्रहार गर्दा तीन बालकसहित चार जनाको मृत्यु भएको जनाएको छ।

गाजा पट्टीको उत्तरमा, जबालिया शरणार्थी शिविर नजिकै एक जना र एक विद्यालयमा भएको आक्रमणमा एक जना र दक्षिण खान युनूस नजिकै भएकोको ड्रोन आक्रमणले एक व्यक्तिको ज्यान लिएको एजेन्सिले जनाएको छ। 

९ Jan २०२६ , ३:२३pm
हाम्रो आवाज