नेपाली समय:

वि.सं २०८२ माघ १९   आइतबार

EnglishEN
विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ,

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ,

माघ -१४

काठमाडौँ – वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु. २७ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ का ३८ वर्षीय कृष्णजी थापा, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ का २२ वर्षीय अनिलकुमार साह तथा ललितपुर महानगरपालिका–१६ का ३० वर्षीय विवेक भुजेल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी गराएका छन।

२८ Jan २०२६ , २:०२pm
हाम्रो आवाज