फेरि घट्यो सुनको मूल्य,
माघ-१८
बाँके -आज आइतबार सुनको मूल्य १८ हजार ८ सय रुपैयाँले घटेको छ। आज आइतबार सुन प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
गत बिहिबार ३ लाख ३९ हजार रुपैयाँमा प्रतितोला कारोबार भएको सुनको मूल्य हाल निरन्तर घट्ने क्रममा छ।
शुक्रबार २० हजार ५०० रुपैया प्रतितोलामा घटेको सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । आज आइतबार पुनः घटेर ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

