नेपाली समय:

वि.सं २०८२ माघ २२   बुधवार

EnglishEN
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी घुस सहित पक्राउ,

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी घुस सहित पक्राउ,

माघ -१९
काठमाडौं : विदेशमा कुरियरमार्फत सामान पठाउँदा सेवाग्राहीसँग घुस मागेको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय र गोश्वारा हुलाक कार्यालयका तीन जना कर्मचारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालय, वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र गोश्वारा हुलाक कार्यालयको पार्सल शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई नियन्त्रणमा लिएको जनाएको  छ पक्राउ परेका तीनै जना माथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

१ दिन पहिले
हाम्रो आवाज