नेपाली समय:

वि.सं २०८२ माघ २५   शनिवार

EnglishEN
रास्वपाका उम्मेदवार सवार गाडीको ठक्करबा एक बालिकाको मृत्यु,

रास्वपाका उम्मेदवार सवार गाडीको ठक्करबा एक बालिकाको मृत्यु,

माघ-२३

रौतहट- रौतहटको निर्वाचन क्षेत्र नम्बर २ बाट (रास्वपा) का उम्मेदवार सगिर आलम सवार रहेको एक सवारी साधनको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । रौतहट क्षेत्रम्बर–२ अन्तर्गत इशनाथ नगरपालिको–४ मठिया टोलस्थित मस्जिदनजिक खेलिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचारमा प्रयोग भइरहेको बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिँदा चार वर्षीया बालिका अल्फा खातुन गम्भीर घाइते भएकी थिइन् ।

 

ठक्करपछि कार चालकले बालिकालाई उपचारका लागि सिटी अस्पताल पुरयाई त्यहाँबाट फरार भएका थिए । पछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा उपचारकै क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनापछि कार चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

१८ घण्टा पहिले
हाम्रो आवाज