जापानमा तल्लो सदनको निर्वाचनका लागि मतदान सुरु,
माघ-२५
एजेन्सी-जापानमा आइतबार तल्लो सदनको निर्वाचनका लागि मतदान सुरु भएको छ । यो निर्वाचनलाई प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमाथिको जनमत परीक्षणका रूपमा हेरिएको छ, जहाँ मतदाताले सत्तारूढ दल वा विपक्षी नेतृत्वबीच छनोट गर्दै छन् ।
प्रधानमन्त्री ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र जापान इनोभेसन पार्टी (जेआईपी)को गठबन्धनले ४६५ सिटमध्ये साधारण बहुमत ल्याउने लक्ष्य राखेको छ । यदि एलडीपीले एक्लै २३३ सिट जितेमा ताकाइचीको राजनीतिक हैसियत अझ बलियो हुने विश्लेषण गरिएको छ । तर, गठबन्धनले समेत बहुमत पुर्याउन नसकेमा ताकाइचीले पद नैधरापमा पर्न सक्ने सम्भावना रहेको छ । जसले पुनः राजनीतिक अस्थिरता निम्त्याउन सक्ने जापान टाइम्सले जनाएको छ ।

