नेपाली समय:

वि.सं २०८२ माघ २९   बुधवार

EnglishEN
युक्रेन र फ्रान्सबीच हतियार उत्पादनमा सहमति,

युक्रेन र फ्रान्सबीच हतियार उत्पादनमा सहमति,

माघ-२७

एजेन्सी : रुसी आक्रमणको चार वर्ष पुग्न लाग्दा युक्रेनले आफ्नो प्रमुख सहयोगी राष्ट्र फ्रान्ससँग मिलेर हतियार उत्पादन थाल्ने भएको छ। किएभमा भएको दुई देशका रक्षामन्त्रीस्तरीय वार्तामा हतियार आपूर्तिमा मात्र निर्भर नभई संयुक्त उत्पादन र दीर्घकालीन समाधानमा केन्द्रित हुने सहमति जुट्यो। रुसले आक्रमण सुरु गरेयता फ्रान्सले युक्रेनलाई सैन्य सहायता मात्र नभई राजनीतिक समर्थन पनि जनाउँदै आयो।

किएभमा भएको भेटपछि युक्रेनका रक्षामन्त्री मिखाइलो फेदोरोभले सामाजिक सञ्जालमा जानकारी दिँदै रक्षा उद्योगमा ‘ठूलो स्तरका संयुक्त परियोजना’ अघि बढाउने आशय पत्रमा दुवै देशबीच हस्ताक्षर भएको बताए। उनले भने, “अब हामी आपूर्ति मात्र होइन, संयुक्त उत्पादन र दीर्घकालीन समाधानतर्फ अघि बढ्दैछौं, जसले हाम्रो रक्षा क्षमता व्यवस्थित रूपमा सुदृढ बनाउनेछ।” हालसम्म कुन हतियार उत्पादन गरिनेछ तथा कहिले उत्पादन सुरु हुनेछ भन्ने विषयमा विवरण खुलाइएको छैन। 

२० घण्टा पहिले
हाम्रो आवाज