नेपाली समय:

वि.सं २०८२ फाल्गुण ३   आइतबार

EnglishEN
सुनसरीमा हतियार सहित भारतीय नागरिक पक्राउ,

सुनसरीमा हतियार सहित भारतीय नागरिक पक्राउ,

फागुन-२

 

सुनसरी - सशस्त्र प्रहरी बलले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको अररिया ग्रामपंचायत–४ बस्ने ३६ वर्षीय राम थेलन पासवानलाई कोशी गाउँपालिका–३ जमुवास्थित सीमा नाकाबाट निर्वाचन क्षेत्र सुरक्षा बेशले शुक्रबार साँझ पक्राउ गरेको हो ।

 

भारतीय नम्बरप्लेटको मोटरसाइकलमा नेपाल आउँदै गरेका पासवानका साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ १ सय ग्राम, नेपाली रुपैयाँ ७ हजार ५ र भारतीय रुपैयाँ ९ हजार ३ सय ८० तथा र मोटरसाइकल समेत बरामद भएको हो ।

 

आसन्न प्रतिनिधि सभाको निर्वाचन प्रभावित गर्नेगरी भारत नेपाल सीमा नाकाबाट हुन सक्ने सम्भावित आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न निर्वाचन क्षेत्र सुरक्षा बेश सक्रिय रहेको छ ।

१८ घण्टा पहिले
हाम्रो आवाज