कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक,
फागुन-५
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ।
बोर्डको निर्णय अनुसार २०८३ सालको वार्षिक परीक्षा वैशाख १४ गतेदेखि सुरु भई २७ गतेसम्म सञ्चालन हुनेछ।
सार्वजनिक सूचना अनुसार साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका) परीक्षार्थीहरूको परीक्षा बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म हुनेछ।कुनै विद्यार्थीको एकभन्दा बढी विषय एकै दिन जुधेमा सूचना प्रकाशित भएको १५ दिनभित्र बोर्डका सम्बन्धित कार्यालयमा जानकारी गराउन बोर्डले आग्रह गरेको छ। अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षाको व्यवस्था नहुने पनि बोर्डले स्पष्ट पारेको छ।

