नेपाली समय:

वि.सं २०८२ फाल्गुण १२   मंगलवार

EnglishEN
बालेन शाहको चुनावी घोषणापत्र सार्वजनिक,

बालेन शाहको चुनावी घोषणापत्र सार्वजनिक,

फागुन- ११

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहेका शाहले आफ्नो घोषणापत्रलाई ‘झापा–५ वाचापत्र’ नाम दिएका छन् । उनले सङ्घीय सांसदको हैसियतले गर्ने काम उक्त वाचापत्रमा समेटेका छन् ।

वाचापत्रमा उनले शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारी, महिला तथा बालबालिका र पर्यटन तथा उद्योग क्षेत्रमा गर्न चाहेका योजनारू उल्लेख गरेका छन् । खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, सुशासन र कला एवं संस्कृतिका क्षेत्रमा आफूले गर्ने कार्य उनले बुँदागत रूपमा वाचापत्रमा प्रस्तुत गरेका छन् ।

यसका साथै स्थानीय तथा प्रदेश सरकारलाई संवैधानिक अधिकारको प्रत्यायोजन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरासमेत उल्लेख गरेका छन् ।

१८ घण्टा पहिले
हाम्रो आवाज