अमेरिकामा भीषण हिमपात, ५ हजारभन्दा बढी उडान रद्द,
फागुन -१२
एजेन्सी- अमेरिकाको पूर्वी तटमा सोमबार रेकर्ड तोड्ने हिमपात परेको छ । यसले यातायात, विद्युत् र हवाई सेवामा ठूलो अवरोध पुर्याएको छ ।
रोड आइल्याण्डको प्रोभिडेन्समा ३२.८ इन्च (८३ सेमी) भन्दा बढी हिउँ परेको छ, जसले सन् १९७८ को २८.६ इन्चको कीर्तिमान तोडेको छ । केही स्थानमा ३ फिट (३६ इन्चभन्दा बढी) सम्म हिमपात भएको छ ।
न्यूयोर्क सिटीको सेन्ट्रल पार्कमा १९ इन्चभन्दा बढी हिउँ जमेको छ । ६ लाखभन्दा बढी घरधुरी तथा व्यवसायमा बिजुली गएको छ, विशेष गरी म्यासाचुसेट्स र न्यूजर्सीमा । म्यासाचुसेट्समा ३ लाखभन्दा बढी प्रभावित छन् ।

