इरानका सर्वोच्च नेता खामेनेनईको मृत्यु पुष्टि, इरानमा ४० दिने शोक घोषणा,
फागुन १७,
एजेन्सी-अमेरिकी आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको पुष्टि भएको छ । इरानी सरकारी टेलिभिजनले खामेनीईको मृत्युको पुष्टि गरेको हो । उनको शोकमा सरकारले देशव्यापी रूपमा ४० दिने सार्वजनिक शोकको घोषणासमेत गरेको छ ।
यसअघि नै इरानी सञ्चारमाध्यमले खामेनीको मृत्युको खबर सार्वजनिक गरे तापनि, उनी कसरी मारिए भन्नेबारे विस्तृत विवरण भने अझै खुलाइएको छैन् ।
अमेरिका र इजरायलको संयुक्त आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईसहित करिब ४० जना इरानी अधिकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसीले जनाएको छ ।

