प्रतिनिधि सभा निर्वाचन अपडेट:- मतदानको समय सकियो,
फागुन -२१
काठमाडौँ -प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य साँझ ५ बजे सकिएको छ।
निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्म मतदान केन्द्रको परिसरभित्र प्रवेश गरिसकेका र लाइनमा बसिसकेका मतदाताले भने आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्।
मतदान स्थलमा रहेका अन्तिम मतदाताले मतदान गरिसकेपछि मात्र ती केन्द्रको मतदान प्रक्रिया औपचारिक रूपमा टुंगिनेछ।
मतदान सम्पन्न भएका केन्द्रहरूमा अब मुचुल्का उठाएर मतपेटिका सिल गर्ने प्रक्रिया केहीबेरमा सुरु हुनेछ।

