झापा क्षेत्र नम्बर ५ मा ६१ प्रतिशत मत खस्यो,
फागुन-२१
काठमाडौं । झापाको क्षेत्र नं ५ मा ६१.१० प्रतिशत मत मात्र खसेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार ९९ हजार ८१९ जनाले मतदान गरेका छन्। जसमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुषले मतदान गरेका छन्।
यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहबीच प्रतिस्पर्धा रहेको छ ।

