नेपाली समय:

वि.सं २०८२ फाल्गुण २५   सोमवार

EnglishEN
आफ्नो उम्मेदवारलाई निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति,

आफ्नो उम्मेदवारलाई निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति,

फागुन -२५

 

काठमाडौँ- धनुषा क्षेत्र नम्वर १ मा रास्वपाका किशोरी शाहको उम्मेदवारी खारेज भएकोमा नेकपाका मातृका यादवले सबैभन्दा बढी मत ल्याएका छन्। 

 

आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध रास्वपाका शाहले दिएको रिट सर्वोच्च अदालतमा विचाराधिन रहेकाले निर्वाचन आयोगले त्यहाँको नतिजा सार्वजनिक नगर्न भनेको छ।शाहको रिटमा आज अदालतमा सुनुवाइ हुँदैछ।

 

निर्वाचित भएका आफ्नो उम्मेदवारलाई प्रमाणपत्र नदिएकोमा नेकपाले वक्तव्य जारी गर्दै पहिलो स्थानमा रहेका आफ्ना उम्मेदवार यादवलाई निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएको छ।





 

२ घण्टा पहिले
हाम्रो आवाज