नेपाली समय:

वि.सं २०८२ फाल्गुण २५   सोमवार

EnglishEN
प्रतिनिधि सभा सदस्य निर्वाचन अपडेट: समानुपातिक तर्फ हालसम्म कूल ८३ लाखभन्दा बढी मत गणना,

प्रतिनिधि सभा सदस्य निर्वाचन अपडेट: समानुपातिक तर्फ हालसम्म कूल ८३ लाखभन्दा बढी मत गणना,

फागुन- २५

काठमाडौं - प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८३ लाख ८२ हजार ९८४ मत गणना भएको छ हाल मतगणना जारी छ । 

निर्वाचन आयोगबाट प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४० लाख ५० हजार ७५३ मत प्राप्त गरेको छ ।

यसैगरी नेपाली कांग्रेसले १३ लाख ६१ हजार ४३१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११ लाख ५१ हजार २५६, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ९२ हजार ४१० , श्रम संस्कृति पार्टीले दुई लाख ९२ हजार ६३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७७ हजार १३ मत प्राप्त गरेको छ । हालसम्म मतगणना जारी रहेकोले श्रम संस्कृति पार्टी राप्रपा भन्दा बढी मत प्राप्त गर्ने अनुमान गरिएको छ ।

२ घण्टा पहिले
हाम्रो आवाज