चितवनमा कांग्रेस र एमाले का उम्मेदवार सहित ५७ जनाको जमानत जफत,
फागुन-२६
चितवन-हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतासहित ५७ जनाको जमानत जफत भएको छ ।
जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवन १ मा १५ जनाको, चितवन २ र ३ मा २१–२१ जनाको जमानत जफत भएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत मत नपाएका उम्मेदवारहरूको जमानत जफत भएको हो ।

