आजदेखि सरकारी कार्यालयको समय ९ देखि ५ बजे सम्म,
चैत-२३
काठमाडौँ- सरकारले सातामा दुइ दिन बिदा सम्बन्धी निर्णय गरेसँगै आज (सोमबार)देखि कार्यालय समय ९ बजे देखि ५ बजेसम्म कायम भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आजदेखि ९–५ समय लागू हुने छ।
नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आज मंगलबार (चैत २३) देखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ।

