उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहबर अन्सारी निर्वाचित,
बैशाख-४
काठमाडौँ - उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारी निर्वाचित भएका छन्।
शुक्रवार बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले अन्सारीको मात्र उम्मेदवारी परेकाले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरे।
सभापतिमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग बोल्दै अन्सारीले संसदीय समितिलाई केवल प्रतिवेदन बुझाउने र विधेयक अध्ययन गर्ने थलोमा मात्र सीमित नराख्ने प्रतिबद्धता जनाएका छन। उनले समितिको कार्यक्षेत्रभित्र रहेर आम नागरिकका दैनिक समस्या समाधान गर्न आफू सक्रिय रहने बताएका हुन।

