भोलि रास्वपाको केन्द्रीय समिति बैठक बस्दै,
वैशाख-६
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि सोमबार केन्द्रीय समिति बैठक आयोजना गर्ने निर्णय गरेको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठक सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। उक्त बैठक सभापति रवि लामिछानेको निर्देशनमा आह्वान गरिएको जनाइएको छ।
यसअघि आइतबार सचिवालय बैठक बस्ने तयारी गरिएको छ। सो बैठकमा संगठनसँग सम्बन्धित विभिन्न विषयहरूमा प्रारम्भिक छलफल हुने बताइएको छ।
१ घण्टा पहिले

