रोल्पामा भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या २० पुग्यो,
वैशाख- १८
रोल्पाको थबाङमा बिहीबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वको रुकुमकोटबाट प्रसिद्ध धार्मिक स्थल जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप थबाङ गाउँपालिका–१ र ४ को सिमानास्थित डाँडाबाट करिब ८०० मिटर तल खस्दा ठूलो मानवीय क्षति भएको हो ।
लगातारको वर्षाले हिलाम्मे र चिप्लो बनेको सडकमा सन्तुलन गुमाउँदा जिप सिधै उवातर्फको गहिरो खोंचमा खसेको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटना कति भयानक थियो भन्ने कुरा जिप खसेको गहिराइले नै पुष्टि गर्छ ।

