नेपाली समय:

वि.सं २०८३ बैशाख २८   सोमवार

EnglishEN
एसइईको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा,

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा,

बैशाख २८, 

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा रहेको बताएको छ।

सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको जनाइएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी एसइईको नतिजा कसरी हेर्ने भन्ने बारेमा समेत जानकारी दिएको छ। कार्यालयले नतिजा हेर्न ‘एसएमएस’ गरेर वा सिधै ‘वेबसाइट’मा गएर एसइईको नजिता हेर्न सकिने व्यवस्था गरेको छ ।

गत चैत २९ गते सम्पन्न एसइई परीक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न सरकारले बोर्डलाई निर्देशन दिएपछि बोर्डले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको हो ।

२ घण्टा पहिले
हाम्रो आवाज