नेपाली समय:

वि.सं २०८३ जेठ ६   बुधवार

EnglishEN
विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत ५३ हजारभन्दा बढीले लिए सेवा,

विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत ५३ हजारभन्दा बढीले लिए सेवा,

जेठ -६

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालित विपन्न नागरिक औषधि उपचार कार्यक्रममा चालु आर्थिक वर्षमा ५३ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन्। कार्यक्रममार्फत विभिन्न अस्पताललाई कुल ४ अर्ब ५९ करोड ८५ लाख ३२ हजार रुपैयाँ शोधभर्ना गरिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनअनुसार आठ प्रकारका गम्भीर रोगका बिरामीले यो सुविधा लिएका छन्। जसमा क्यान्सरका २८ हजार ६७८, मिर्गौला रोगी १२ हजार ७३, मुटुरोगी ८ हजार ४१०, स्पाइनल इन्जुरीका १ हजार २५३, हेड इन्जुरीका ९८०, पार्किन्सनका १०८, अल्जाइमर्सका ४४ र सिकलसेल एनेमियाका २ हजार ३१ जना रहेका छन्। कुल मिलाएर ५३ हजार ५७७ बिरामीले सेवा लिएको उल्लेख छ।

२ घण्टा पहिले
हाम्रो आवाज