भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोला नियुक्त,
जेठ-१९
काठमाडौँ- सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।
मन्त्री पोखरेलका अनुसार भूमि समस्या समाधान आयोगको सदस्यमा अमिरप्रसाद न्यौपाने, पद्मनीति सोतुङ र डा. रोना श्रेष्ठलाई नियुक्त गरिएको छ ।

