नेपाली समय:

वि.सं २०८३ जेठ १९   मंगलवार

EnglishEN
बाघको आहारा प्रजातिको सर्वेक्षण सुरू,

बाघको आहारा प्रजातिको सर्वेक्षण सुरू,

जेठ-१९

चितवन - चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ १ बाट सुरु गरिएको छ । नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना भएका क्षेत्रमा ४०० ट्रान्जीट बनाएर आहरा प्रजातिको सर्वेक्षण गरिन चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताएका छन । बाघको आहार प्रजातिमा जरायो, चितल, लगुना र रतुवा । गौरीगाई बँदेल, निलगाई र बाँदर पर्छन् ।

शुक्लाफाँटा, बाँके र बर्दियामा चौका र बाह्रसिंगे समेत बाघको आहारा प्रजातिको रूपमा छन् । सर्वेक्षण सकेपछि दुरी छनोट विधिबाट आहारा प्रजातिको सङ्ख्या निकालिने उनले जानकारी दिए ।निकुञ्जमा सर्वेक्षण सकिएसँगै अध्ययनको काम सुरु गरिने जानकारी गराइएको छ । 

७ घण्टा पहिले
हाम्रो आवाज