नेपाली समय:

वि.सं २०८३ जेठ २०   बुधवार

EnglishEN
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता,

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता,

जेठ-२०

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच भेटवार्ता भएको हो । 

भेटवार्तापछि सामाजिक सञ्जाल एक्समा मोदीले लेखेका छन्, ‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको छ । साझा र समृद्ध भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्ण रूपमा समर्थन गर्दछु । हाम्रो ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाल एक प्राथमिकताप्राप्त साझेदार राष्ट्र हो । नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउने अपेक्षा र प्रतिबद्धता राखेका छौँ । ‘

९ घण्टा पहिले
हाम्रो आवाज