भारतसँगको सीमा विवाद कुटनीतिक माध्यमबाट गर्नुपर्छ- रवि लामिछाने,
जेठ-२२
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतसँगको सीमा सम्बन्धी विवादको समाधान कूटनीतिक माध्यमबाट गर्नुपर्ने बताएका छन् ।
पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै उनले सीमा समस्या संवेदनशील विषय भएकाले यसलाई कूटनीतिक संवादमार्फत अघि बढाउनुपर्ने बताएका छन । कूटनीतिका विभिन्न चरणहरू पार गर्दै समाधान खोज्नुपर्ने लामिछानेको भनाइ रहेको छ ।

