रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरू,
जेठ २३,
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले आगामी असारमा महाधिवेशन गर्ने तय गरेको छ । त्यसका लागि आज र भोलि जिल्लाहरूमा महाधिवेशन हुँदै छ ।
रास्वपाले ७७ जिल्लामा तदर्थ समिति गठन गरिसकेको छ । रास्वपाले मनाङ र मुस्ताङमा भने अधिवेशन नगर्ने बताएको छ ।
रास्वपाको पहिलो महाधिवेशन आउने ७ देखि ९ असारसम्म हुँदै छ महाधिवेशन चितवनमा हुने तय भएको छ ।

