प्रतिनिधिसभा बैठकः प्रधानमन्त्रीको अभिव्यक्ति अभिलेखबाट हटाइनुपर्ने सांसदहरूको माग,
जेठ- २५
काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १९ गते सम्बोधनकै क्रममा दिएका अभिव्यक्तिप्रति असहमति जनाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरुलाई बोल्न समय दिएका थिए ।
सांसदहरुले सीमासम्बन्धी उक्त अभिव्यक्ति अभिलेखबाट हटाइनुपर्ने मागसमेत बैठकमा राखेका छन् । बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिला सुरु भएको थियो ।

