गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधिमा महावीर पुनको नाम सिफारिस,
जेठ-२६
काठमाडौं– प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्रीमा र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गर्न सिफारिस गरेका छन् ।
उनी आजै दिउँसो शपथ लिने तयारी छ । यसअघि सम्पत्ति विवरणबारे उठेको प्रश्नपछि गुरुङले गृह मन्त्री पदबाट राजीनामा दिएका थिए ।
त्यसपछि सरकारले छानबिन समिति गठन गरेको थियो, जसले शुक्रबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।
मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन स्वीकृत गरेको छ ।
यस्तै, प्रधानमन्त्री शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्न पनि सिफारिस गरेका छन् ।

