नेपाली समय:

वि.सं २०८३ जेठ २९   शुक्रवार

EnglishEN
नक्कली सरकारी कार्यालय खोलेर ठगी गर्ने दम्पती पक्राउ,

नक्कली सरकारी कार्यालय खोलेर ठगी गर्ने दम्पती पक्राउ,

जेष्ठ -२८

बर्दिया - बर्दियाको ठाकुरबाबा नगरपालिकामा नक्कली सरकारी कार्यालय स्थापना गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । उनीहरूले बगनाहा बजारस्थित एक घर भाडामा लिएर फर्जी सरकारी कार्यालय सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार ठाकुरबाबा नगरपालिका–३ स्थित उक्त घरमा “प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग, ठाकुरबाबा न.पा.–३, बर्दिया, टिकापुर, लम्की” नामक नक्कली बोर्ड राखेर कार्यालयको रूपमा देखाइ ठगी कार्य भइरहेको थियो ।

अनुसन्धानका क्रममा आरोपितहरूले सर्वसाधारणलाई सरकारी जागिर लगाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूलाई झुक्याएको खुलेको छ ।

८ घण्टा पहिले
हाम्रो आवाज