नेपाली समय:

वि.सं २०८३ जेठ ३१   आइतबार

EnglishEN
रास्वपा बागमती प्रदेश अधिवेशनमा मतदान सुरू,

रास्वपा बागमती प्रदेश अधिवेशनमा मतदान सुरू,

जेठ-३०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशको अधिवेशनअन्तर्गत मतदान हुँदैछ। धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा विद्युतीय मतदान मेसिनमार्फत मतदान गराउने तयारी भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको हो।

मतदानको समय साँझ ५ बजेसम्म तोकिएको छ। निर्वाचन आयोगले मतदाता तथा प्रतिनिधिलाई मतदानस्थलमा प्रवेश गर्न र मतदान गर्नका लागि आधिकारिक फोटोसहितको पार्टीले उपलब्ध गराएको आधिकारिक परिचयपत्रसँगै लेभी बुझाएको प्रमाण अनिवार्यरुपमा ल्याउन आग्रह गरेको छ।

८ घण्टा पहिले
हाम्रो आवाज