परराष्ट्रमन्त्री खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच आज बेइजिङमा भेटवार्ता,
साउन-१
काठमाडौँ - चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच आज बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुँदैछ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य एवं विदेश मामिला मन्त्री यीको सौहार्दपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल आइतबार बिहान बेइजिङ पुगेका हुन्।

