एमाले उपाध्यक्ष विष्णु पौडेललाई तत्काल रिहा गर्न एमाले सांसदको माग,
असार -१४
काठमाडौं - नेकपा एमाले सांसद पुष्प कँडेलले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई तत्काल रिहा गर्न माग गरेका छन् । सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ परेका नेता पौडेललाई सरकारले प्रतिशोधका आधारमा पक्राउ गरेको सांसद कँडेलले आरोप लगाएका छन्। नेता पौडेललाई प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै तुरुन्त रिहाइको माग गरेका छन ।
आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद पुष्पराज कँडेलले भने, ‘एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्यो, गत निर्वाचनमा गाडी उपलब्धि गराउने व्यक्तिको आरोपका आधारमा सम्पूर्ण विपक्षीलाई तर्साउन गरिएको हो । त्यसमा पनि एमालेलाई बदनाम गर्ने उद्देश्य प्रेरित पक्राउ हो ।’
उनले विष्णु पौडेल बेकसुर रहेको भन्दै सरकार आफू अपराधीलाई उन्मुक्ति दिने काममा लागेको तथा करका दरको सूचना चुहाएर बिचौलियालाई लाभ दिइरहेको बताएका छन ।

