नेपाली समय:

वि.सं २०८३ भाद्र २   मंगलवार

EnglishEN
पाकिस्तानमा बस दुर्घटना : मृत्यु हुनेको संख्या ४० पुग्यो,

पाकिस्तानमा बस दुर्घटना : मृत्यु हुनेको संख्या ४० पुग्यो,

असार-१९

काठमाडौं - पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तको सीमावर्ती दाना सार क्षेत्रमा भएको भीषण बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने ८ जना घाइते भएका छन्।

बलुचिस्तान सरकारका अनुसार क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको यात्रुवाहक बस शेरानी जिल्लाको पहाडी सडकमा अनियन्त्रित भई सयौं फिट गहिरो खोंचमा खसेको थियो। दुर्घटनापछि बस पूर्ण रूपमा ध्वस्त भएको छ।

बलुचिस्तानका मुख्यमन्त्रीका सहायक शाहिद रिन्दले दुर्घटनामा ४० जनाको ज्यान गएको पुष्टि गर्दै घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन्।

३ Jul २०२६ , ३:०३pm
हाम्रो आवाज