नेपालगञ्जबाट ब्राउन सुगरसहित दुई जना पक्राउ,
असार-२२
नेपालगञ्ज - बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १४ उधौपुर्वाबाट ८० ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा स्थानीय ४२ वर्षीय जसवन्त चौहान लोनिया र ३७ वर्षीया मिना कुमारी लोनिया रहेका छन्।
पक्राउ पर्ने दुवैजनालाई विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ।

