नेपाली समय:

वि.सं २०८३ आषाढ २३   मंगलवार

EnglishEN
स्ट्रेट अफ होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण,

स्ट्रेट अफ होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण,

असार-२३

काठमाडौं - होर्मुज जलमार्गनजिक एउटा तेल ट्यांकरमाथि अज्ञात वस्तु वा क्षेप्यास्त्र प्रहार भएको छ । बेलायती जलसेनाअन्तर्गतको समुद्री सुरक्षा निकाय ‘यूके म्यारिटाइम ट्रेड अपरेसन्स’(यूकेएमटीओ)ले मंगलबार बिहान यस घटनाको पुष्टि गरेको हो ।

यूकेएमटीओका अनुसार दक्षिणतर्फ गइरहेको उक्त तेल ट्यांकरको देब्रे भागमा अज्ञात वस्तुले प्रहार गरेपछि जहाजमा आगलागी भएको थियो ।

यद्यपि, घटनामा जहाजमा सवार कोही पनि हताहत भएका छैनन् । समुद्रमा तेल चुहावट वा अन्य कुनै वातावरणीय क्षति भएको विवरण पनि प्राप्त नभएको यूकेएमटीओले जनाएको छ । घटनाबारे सम्बन्धित समुद्री सुरक्षा निकायहरूले थप अनुसन्धान गरिरहेका छन् ।

७ घण्टा पहिले
हाम्रो आवाज