नेपाली समय:

वि.सं २०८३ आषाढ २५   बिहीवार

EnglishEN
सर्लाहीको लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास,

सर्लाहीको लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास,

असार-२५

सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास भएको छ। रातिको समयमा लालबन्दी नगरपालिका–७ र ३ को सीमास्थित सडकमा अज्ञात समूहले गोली प्रहार गरी लुटपाटको प्रयास गरेको हो। लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्दै आउनुभएका लालबन्दी नगरपालिका–७, का हरिप्रसाद सापकोटालाई राति पसल बन्द गरेर घर जाने क्रममा मोटरसाइकल चढेर आएका तीन जनाले लुट्ने प्रयास गरेका प्रहरीले जनाएको छ।

बजारमा मोबाइल पसल सञ्चालन गर्ने एक व्यक्तिलाई राति एकान्त ठाउँमा पुगेपछि बाटो घेरेर लुट्ने प्रयास भएको जिल्ला प्रहरी कार्यालयक़ा प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जनाएका छन । 

मोटरसाइकलमा घर जाँदै गरेका सापकोटाले लुटेरा समूहको प्रतिकार गरेपछि उनीहरु नलकटुवा पेस्तोलबाट गोली प्रहार गरी फरार भएका उनले बताएका छन।

घटनास्थलबाट नलकटुवा पेस्तोलबाट पड्काएको गोलीको खोखासमेत प्रहरीले बरामद गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१० घण्टा पहिले
हाम्रो आवाज