नेपाली समय:

वि.सं २०८३ आषाढ २७   शनिवार

EnglishEN
चुनावअघि विवादास्पद विधेयक पारित गराउने प्रयासमा नेतन्याहु,

चुनावअघि विवादास्पद विधेयक पारित गराउने प्रयासमा नेतन्याहु,

असार -२७

इजरायलमा आगामी अक्टोबरमा हुने संसदीय निर्वाचनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको सरकारले आफ्ना गठबन्धन साझेदारसँग गरेका राजनीतिक प्रतिबद्धता पूरा गर्न संसद्बाट विवादास्पद विधेयकहरू पारित गराउने प्रयास तीव्र बनाएको छ ।

 

संसद् (नेसेट) केही दिनमै ग्रीष्मकालीन सत्र अन्त्यसँगै स्थगित हुने भएकाले सरकारले सीमित समयभित्र प्राथमिकताका कानूनहरू अघि बढाउन खोज्दा विपक्षीले त्यसको कडा विरोध गरेका छन् ।

एक सय २० सदस्यीय नेसेटको कार्यसूचीमा हाल सात वटा महत्त्वपूर्ण विधेयक छन् ।

नेतान्याहुले यी विधेयक पारित गरेर गठबन्धनलाई थप मजबुत बनाउने र अक्टोबर २७ मा हुने निर्वाचनमा बलियो राजनीतिक आधारसहित सत्तामा फर्कने योजना रहेको विश्लेषण गरिएको छ।

१३ घण्टा पहिले
हाम्रो आवाज