नेपाली समय:

वि.सं २०८३ आषाढ ३२   बिहीवार

EnglishEN
नेपाल राष्ट्र बैंकले एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने,

नेपाल राष्ट्र बैंकले एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने,

असार -३१
काठमाडौँ- नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ ।

बैंकले तरलता व्यवस्थापनका लागि ९१ दिनको लागि यो निक्षेप संकलन गर्न लागेको हो । निक्षेप संकलनका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल हुनेछ । बैंकले आजै निक्षेप निष्कासन गर्नेछ । यसको सावाँ तथा ब्याज भुक्तानी २०८३ असोज २८ गते हुनेछ ।

यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।

१२ घण्टा पहिले
हाम्रो आवाज