युक्रेनबाट छुटेको जहाजमा मिसाइल आक्रमण, १० जनाको मृत्यु,
साउन-५
काठमाडौँ - युक्रेनबाट छुटेको मालवाहक जहाजमा मिसाइल आक्रमण हुँदा १० जनाको मृत्यु भएको छ । ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको मालवाहक जहाज ‘एमभी गोल्डेन लियो’मा भएको मिसाइल आक्रमणमा १० जना चालक दलका सदस्यको मृत्यु भएको बीबीसीले जनाएको छ । जहाजमा भारत र सिरियाका नागरिक रहेका छन् ।
युक्रेनको नौसेनाका अनुसार टर्कीको स्वामित्वमा रहेको उक्त जहाज खाद्यान्न बोकेर ओडेसा बन्दरगाहबाट प्रस्थान गरिरहेको बेला रुसी मिसाइल प्रहार भएको हो । युक्रेनको नौसेनाले रुसले मिसाइल प्रहार गरेपछि जहाजमा आगालागी भएको थियो ।
यसैबीच, भारतीय संचारमाध्यमले मारिनेमा चारजना भारतीय नागरिक छन् । अर्का एक भारतीय गम्भीर घाइते भएका जनाएका छन् । भारतको विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार जहाजमा १७ जना चालक दलका सदस्य सवार थिए, जसमा पाँचजना भारतीय थिए ।

