नेपाली समय:

वि.सं २०८३ साउन ९   शनिवार

EnglishEN
रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या,

रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या,

साउन- ८
जनकपुरधाम -रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुरमा शुक्रवार बिहान एक महिलाको खुकुरी प्रहार गरी हत्या गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी डिएसपी तथा प्रवक्ता वसन्त गौतमका अनुसार शुक्रवार बिहान करिब १०ः३० बजे बाराको करैयामाई गाउँपालिका–८ ईटहरी बेलाही स्थायी घर भई हाल गुजरा–५ हरिहरपुरमा बस्दै आएका ३५ वर्षीय उपेन्द्र साह कलवारले स्थानीय ४५ वर्षीया रेनु देवी जयसवालमाथि खुकुरी प्रहार गरी हत्या भएको हो।

घटनापछि आक्रोशित स्थानीयवासीले आक्रमणकारीलाई नियन्त्रणमा लिएर कुटपिट गरेका छन्, जसबाट उनी गम्भीर घाइते भएका छन्।गम्भीर घाइते भएका उनलाई चन्द्रपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा डीएसपी वसन्त गौतमले जानकारी गराएका छन्।

 

१२ घण्टा पहिले
हाम्रो आवाज