नेपाली समय:

वि.सं २०८३ साउन ११   सोमवार

EnglishEN
त्रिवि प्रश्नपत्र लीक प्रकरण: दुई जना अभियुक्त पक्राउ,

त्रिवि प्रश्नपत्र लीक प्रकरण: दुई जना अभियुक्त पक्राउ,

साउन-१०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिर्याएको आरोपमा दुई जना पक्राउ परेका छन्।

साउन ८ गते सञ्चालित स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको ५ मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएपछि नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र पठाउने ‘सुलभ सर’ भनिने व्यक्तिसमेत रहेका छन्। पक्राउ परेकाहरूलाई साइबर ब्युरोले सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

१२ घण्टा पहिले
हाम्रो आवाज