नेपाली समय:

वि.सं २०८३ साउन ११   सोमवार

EnglishEN
नारायणी अस्पताल घट्ना बारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन,

नारायणी अस्पताल घट्ना बारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन,

साउन -१०

पर्सा- नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।

अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा वीरगन्ज महानगरपालिका-२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए।

आफन्तले अक्सिजनमा रहेका बिरामीलाई स्थानान्तरण गर्ने क्रममा अक्सिजन हटाइएका कारण मृत्यु भएको दाबी गरेका छन्।

१० घण्टा पहिले
हाम्रो आवाज