बाँकेमा शनिबार सद्भावर्याली निकालिने सर्वदलीय सर्वपक्षीय बैठकको निर्णय,
साउन-१५
बाँके-सुनसरी र सिराहा जिल्लामा भएको घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै र र सोही घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाहीको लागि अनुरोध गर्ने निर्णय सहित आज बाँके जिल्लामा सर्वदलीय सर्वपक्ष ीय बैठक सम्पन्न भएको छ।
सुनसरी र सिराहामा भएको घटनाका कारण बाँके जिल्लामा पनि कुनै अप्रिय अवस्था सिर्जना हुन नदिन सबै सचेत रहनुपर्ने जोड दिँदै जिल्लाको सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न भोलि शनिबार नेपालगञ्जको बि.पी.चोकदेखि धमम्बोजी चोक सम्म सद्भाव र्याली निकाल्ने निर्णय समेत भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी गराएको छ।
साथै आज बसेको उक्त बैठकले सार्वजनिक स्थानमा डिजे बजाउन पूर्णरूपमा प्रतिबन्ध लगाउने निर्णय यसभन्दा पहिले नै भएकोले उक्त निर्णयलाई कडाईका साथ कार्यन्वयन गर्ने गराउने निर्णय समेत गरिएको जनाइएको छ।

