नेपाली समय:

वि.सं २०८३ साउन १८   सोमवार

EnglishEN
अब छिमेकबाट सीमा प्रवेश गर्दा परिचयपत्र अनिवार्य,

अब छिमेकबाट सीमा प्रवेश गर्दा परिचयपत्र अनिवार्य,

साउन- १७
धनगढी - तराई–मधेशका विभिन्न जिल्लामा भएका पछिल्ला केही दिनदेखि हुँदै आएको धार्मिक द्वन्दले  उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै कैलालीमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न तीनबुँदे निर्णय गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीको आह्वानमा बसेको अन्तरधार्मिक तथा सामाजिक सद्भाव जिल्ला समन्वय समितिको बैठकले जिल्लाभर सामाजिक एकता र धार्मिक सद्भावलाई थप सुदृढ बनाउन स्थानीय तहसँग समन्वय गरी पालिका तथा वडास्तरमा धार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन गर्ने निर्णय गरेको हो।

बैठकले एउटै धार्मिक समुदायको मात्र सहभागिता रहने सभा, जुलुस वा र्‍याली सकेसम्म आयोजना नगर्न आग्रह गरेको छ। विशेष परिस्थितिमा यस्ता कार्यक्रम गर्नुपर्ने भए सम्बन्धित स्थानीय प्रशासनलाई पूर्वजानकारी गराई आवश्यक स्वीकृति लिएर मात्रै सञ्चालन गर्नुपर्ने निर्णय गरिएको छ। साथै, सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबै पक्षलाई अनुरोध गरिएको छ।
यसैगरी छिमेकी मुलुकबाट सीमा नाकामार्फत नेपाल प्रवेश गर्ने सबै व्यक्तिले आधिकारिक परिचय खुल्ने परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गरेपछि मात्रै प्रवेश गर्न पाउने व्यवस्था लागू गर्ने निर्णयसमेत गरिएको छ।

११ घण्टा पहिले
हाम्रो आवाज